नियम १६
जिल्ला शिक्षा अधिकारीको काम, कर्तव्य र अधिकार
जिल्ला शिक्षा अधिकारीको काम, कर्तव्य र अधिकार अन्य कुराको अतिरिक्त देहाय बमोजिम हुनेछः–
(क) जिल्लामा शैक्षिक कार्यक्रम कार्यान्वयन गर्ने गराउने,
(ख) शिक्षा सम्बन्धी नगर स्तरीय योजना नगर परिषदबाट र जिल्ला स्तरीय योजना जिल्ला शिक्षा समिति र जिल्ला परिषद्बाट पारित गराई कार्यान्वयन गर्नेे,
(ग) विद्यालय, प्राविधिक शिक्षालय र शिशु विकास केन्द्र सम्बन्धी अभिलेख तयार गरी प्रत्येक वर्ष निर्देशनालय, विभाग र मन्त्रालयमा पठाउने,
(ग१) अनौपचारिक शिक्षा, विशेष शिक्षा र शिक्षाको लागि खाद्य कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा सो सम्बन्धी अभिलेख तयार गरी प्रत्येक वर्ष निर्देशनालय, विभाग र मन्त्रालयमा पठाउने,
(ग२) विद्यार्थी संख्या घट्न गई फाजिलमा परेका सामुदायिक शिक्षकलाई समुदायद्वारा सञ्चालित अर्को विद्यालयमा मिलान गर्ने,
(ग३) समुदायद्वारा सञ्चालित विद्यालय स्वीकृत कार्य योजना अनुसार सञ्चालन भए नभएको सम्बन्धमा नियमित रुपले निरीक्षण र सुपरिवेक्षण गरी निर्देशनालय र विभाग समक्ष प्रतिवेदन पठाउने,
(घ) शिक्षाको गुणस्तर बढाउनको लागि प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरुको समय समयमा बैठक, गोष्ठी वा तालीमको व्यवस्था गर्ने,
(ङ) निम्न माध्यमिक शिक्षाको अन्तमा लिइने परीक्षा सञ्चालन गर्नेे,
(च) विद्यालयको अन्तिम परीक्षाको अभिलेख, प्रश्नपत्र र उत्तरपुस्तिका झिकाई जा“च गर्ने, विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि भए नभएको सम्बन्धमा मूल्याड्ढन गरी अभिलेख राख्ने तथा सो सम्बन्धमा सुधारका आवश्यक अन्य काम गर्ने,
(छ) ऐन तथा यस नियमावली बमोजिम विद्यालयहरु सञ्चालन भए नभएको जा“चबुझ गर्ने तथा त्यस्ता विद्यालयमा शिक्षाको गुणस्तर बढाउन, सुधार गर्न वा विद्यालय बन्द गर्नु पर्ने नपर्ने सम्बन्धमा निरीक्षण गरी विद्यालयको स्तर बढाउनु, सुधार गर्नु वा विद्यालय बन्द गर्नु पर्ने भएमा तत्सम्बन्धी कारबाही गर्ने,
(ज) माध्यमिक शिक्षा उतीर्ण परीक्षाको लागि रजिष्ट्रेशन फाराम भरेका विद्यार्थीको नाम, थर, उमेर प्रचलित कानून बमोजिम संशोधन गर्ने,
(झ) आयोगबाट नियुक्ति वा बढुवाको लागि सिफारिस भई आएका शिक्षकलाई विद्यालयमा नियुक्ति गर्ने,
(ञ) सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नोकरी विवरण तथा अन्य अभिलेख अद्यावधिक गरी राख्ने,
(ट) आयोगबाट बढुवा सम्बन्धी कारबाही गरिने शिक्षकको मूल्यांकन गरी त्यसको विवरण आयोगमा पठाउने,
(ठ) विद्यालय र शिशु विकास केन्द्रको निरीक्षण गर्ने गराउने,
(ड) मन्त्रालयले तोकिदिए बमोजिम सामुदायिक तथा संस्थागत विद्यालयहरुको समूह विभाजन गरी स्रोत केन्द्र निर्धारण गर्ने र स्रोत केन्द्रबाट विद्यालयको निरीक्षण, शिक्षकको तालीम तथा अन्य शैक्षिक क्रियाकलाप गर्ने गराउने,
(ढ) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा नियमित र मर्यादित ढङ्गबाट सञ्चालन गर्ने गराउने,
(ण) सामुदायिक विद्यालयको लागि वितरण गरिएका दरबन्दी शैक्षिक सत्रको सुरुमा मिलान गर्ने र मिलान गरिएका शिक्षक दरबन्दी सम्बन्धी विवरण मन्त्रालयमा पठाउने,
(ण१)सामुदायिक विद्यालयको स्थायी शिक्षकको राजीनामा स्वीकृत गर्ने,
(त) निरीक्षकलाई विद्यालय निरीक्षणमा पठाउने र निरीक्षकले विद्यालय निरीक्षण गरे नगरेको यकिन गर्न स्थलगत निरीक्षण गर्ने,
(थ) निरीक्षक तथा स्रोत केन्द्रले विद्यालयको निरीक्षण गरे नगरेको अनुगमन गर्ने,
(द) ग्रामीण शिक्षा विकास कोषबाट विद्यालयलाई निकासा भएको रकम सदुपयोग भए नभएको अनुगमन गरी सोको प्रतिवेदन सञ्चालक समितिमा पठाउने,
(ध) विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने,
(न) विद्यालयमा लागू गरिएको पाठ्यक्रम तथा पाठ्यपुस्तकका सम्बन्धमा सुधार गर्नु पर्ने र निशुल्क पाठ्यपुस्तकको वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा व्यवस्थापन समिति तथा शिक्षकको राय लिई पाठ्यक्रम विकास केन्द्र समक्ष सुझाव पठाउने तथा सो सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने गराउने,
(प) लेखा परीक्षकको लागि व्यवस्थापन समितिले सिफारिस गरेको नामावलीबाट लेखापरीक्षकको नियुक्ति गर्ने,
(फ) जिल्लाको वार्षिक शैक्षिक तथ्यांक संकलन, विश्लेषण र प्रकाशन गर्ने,
(ब) प्रत्येक दुई महिनामा शैक्षिक योजनाको प्रगति प्रतिवेदन निर्देशनालय र विभागमा पठाउने,
(भ) सामुदायिक विद्यालयका शिक्षकहरुको तलवी प्रतिवेदन पारित गराउने,
(म) विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमको नियमित रुपमा अनुगमन गरी सो अनुसार गर्ने गराउने,
(य) विद्यालय निरीक्षकले दिएको निरीक्षण प्रतिवेदन उपर कारबाही गर्ने र त्यसको विवरण प्रत्येक दुई महिनामा निर्देशनालयमा पठाउने,
(य१) विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ गठन गर्ने वा गराउने,
(र) आयोगबाट निर्देशित वा प्रत्यायोजित कार्य गर्ने गराउने,
(ल) मन्त्रालय, विभाग तथा निर्देशनालयबाट तोके बमोजिम अन्य काम गर्ने गराउने ।